इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सार्वजनिक यातायात महासंघको चेतावनी – Sagarmathapana:: Online News Portal

इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सार्वजनिक यातायात महासंघको चेतावनी

   २०८२ भाद्र ९ गते  

काठमाडौं।सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले सरकारले अनिवार्य गर्न खोजिरहेको इम्बोस्ड नम्बर प्लेट जडान तत्काल रोक्न आग्रह गरेको छ।

महासंघले पूर्वाधार र तयारीबिना विदेशी प्रविधि भित्र्याई आम नागरिक र यातायात व्यवसायीलाई अनावश्यक आर्थिक बोझ थप्न खोजिएको भन्दै आपत्ति जनाएको छ। साथै, यसमार्फत नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने खतरा रहेको भन्दै यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर गम्भीर प्रश्न उठाएको छ।

‘सरकार, सरोकारवाला निकाय र व्यवसायीबीच भएको छलफलमा देखिएका अव्यवहारिक विषयको संशोधन सुधार बिना जबरजस्ती नम्बर प्लेट जडान गर्न खोजिए आन्दोलनमा उत्रन बाध्य हुने छौं,’ महासंघले विज्ञप्तिमार्फत चेतावनी दिएको छ।

यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गरी आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने जनाएको थियो। तर महासंघले यो निर्णय कार्यान्वयन गर्न खोजिए उत्पन्न हुने परिस्थिति र त्यसका परिणामप्रति मन्त्रालय र सम्बन्धित निकाय नै जवाफदेही हुने स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै