स्युचाटार खोलाले सोल्टीमोडतर्फको बाटो भासियो
काठमाडौं-काठमाडौंको सोल्टीमोड पश्चिमतर्फ शनिबार बिहान स्युचाटार खोलाले बाटो भासाएको छ।
काठमाडौं महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घरनजिक करिब ५ फिट मात्र दूरी बाँकी राखेको छ।
अहिले थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरेर नदी कटान रोक्ने प्रयास भइरहेको महानगरले जनाएको छ।
ताजा तस्बिर:
















