दुई वर्षे कार्यकाल समाप्त, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई बिदाइ – Sagarmathapana:: Online News Portal

दुई वर्षे कार्यकाल समाप्त, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई बिदाइ

   २०८३ भाद्र १४ गते  

काठमाडौं।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश राज दाहाल ‘दिनेश डीसी’को दुई वर्षे कार्यकाल समाप्त भएको छ। कार्यकाल पूरा गरेसँगै उहाँलाई बोर्डले बिदाइ गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव तथा चलचित्र विकास बोर्डका सदस्य–सचिव सबिन सिंह चौधरी, बोर्ड सदस्य सन्तोषबाबु लोहनी तथा बोर्डका कर्मचारीहरूको उपस्थितिमा अध्यक्ष दाहाललाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको हो।

चलचित्र क्षेत्रको विकास तथा चलचित्र विकास बोर्डको उन्नति र प्रगतिका लागि अध्यक्ष दाहालले आफ्नो कार्यकालमा पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै उहाँको आगामी यात्रा तथा भावी दिनहरूको सफलताको शुभकामना व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै