बिहान ७:२० बजे प्राप्त अद्यावधिक सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं।रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धारमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ भदौ १४ गते बिहान ७:२० बजे प्राप्त अद्यावधिक सूचनाअनुसार भोटेकोशी नदीको बहाव केही बढेको हो। बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित तथा तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य सम्बन्धित निकायका व्यक्तिहरूलाई समेत विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन तथा जोखिम बढेको अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ सर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
भोटेकोशीको बहाव र अवस्थाबारे थप सूचना प्राप्त हुनासाथ अद्यावधिक गरिने जनाइएको छ।












