“पूर्व मन्त्री अब्दुल खानले बर्दियाको विकासलाई प्राथमिकता दिने घोषणा” – Sagarmathapana:: Online News Portal

“पूर्व मन्त्री अब्दुल खानले बर्दियाको विकासलाई प्राथमिकता दिने घोषणा”

   २०८२ आश्विन ११ गते  

बर्दियामा अब नयाँ राजनीतिक दिशा देखिने संकेत

काठमाडौँ।नेपाल सरकारका पूर्व मन्त्री अब्दुल खान ले निकट भविष्यमा बर्दिया जिल्लाको विकास र निकासका विषयमा ठोस पहल गर्ने संकेत गरेका छन्। हालै बर्दियामा भएको विशेष भेटवार्तामा उनले नेपालमा उत्पन्न राजनीतिक संकट, समाधानका उपाय र आगामी राजनीतिक यात्राबारे विस्तृत छलफल गरेका थिए।



अब्दुल खानले विभिन्न राजनीतिक दलसंग आवद्ध युवा नेताहरूसँग पनि निरन्तर संवाद गरिरहेको र सामूहिक नेतृत्वमा विश्वास राख्दै “सबैको साथ–सबैको विकास” को नारा अघि सार्ने बताएका छन्। उनका अनुसार, छिट्टै बर्दियामा देखिने राजनीतिक स्थायित्वले स्थानीय स्तरमा परिवर्तन र विकासको नयाँ बाटो खोल्नेछ।

उनी पुनः बर्दियाबाट निर्वाचन लड्ने तयारीमा रहेको पनि प्रष्ट पारेका छन्। को यो भेटवार्तापछि उहाँका निकटवर्तिहरूले अब्दुल खानको सक्रियता नेपालको वर्तमान राजनीतिक समीकरणमा निर्णायक बन्न सक्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै