भुजेल जातिको सांस्कृतिक पर्व प्हुगाल पारिम उधौलि पर्व युएईमा मनाईयो – Sagarmathapana:: Online News Portal

भुजेल जातिको सांस्कृतिक पर्व प्हुगाल पारिम उधौलि पर्व युएईमा मनाईयो

   २०८२ मंसिर २१ गते  

युएई।युएईमा भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथि कुमार भगत ज्युको प्रमुख आथित्यमा दुबईको जाविल पार्कमा एक कार्यक्रमका बिच सम्पन्न । 


राष्ट्रिय गितबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथी भगतले आफ्नो मन्तव्य राख्नु हुँदै यस्ता कार्यक्रमले आफ्नो जातिको संस्कार, संस्कृतिलाइ जिवन्त राख्न तथा भोलि आउने पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति हस्तान्तरण गर्दै जानमा अहम भुमिका खेल्ने बताउदै पराई भुमिमा रहेर पनि आफ्नो संस्कृति संरक्षणमा प्रवासी भुजेल समाजले खेलेको भुमिकाको खुलेर प्रसंसा गर्नु भएको थियो । साथै महासंघमा आवद्ध मातृ सस्थाले गर्ने यस्ता कार्यक्रमहरुमा सधै साथ दिने बताउनु भयो ।

आफ्नो जातिय परम्परा अनुसार विधिवत रुपमा सुर्य, वायु, जल, जमिन र जंगलको विधिवत आरधना गर्दै पुजा अर्चाना गरिएको थियो । उक्त कार्यक्रमा ब्राओको भुमिकामा प्रेम जिटि र सल्लाहकार दिलिप जिटि रहनु भएको थियो । 

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं संरक्षक सुर्य बहादुर खवास, संस्थापक उपाध्यक्ष एवं संरक्षक य घर्ती, सल्लाहकार दिलिप जिटि,सिन्धुपाल्चोक सेवा समाज युएईका महासचिव विश्व भुजेल तथा मानार्थ सदस्य मिरा पौडेलले उधौली पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो । 


समाजका अध्यक्ष तुल बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष संजय भुजेलले गर्नु भएको थियो  भने कार्यक्रम उपाध्यक्ष देव भुजेलले संचालन गर्नु भएको थियो ।

औपचारिक कार्यक्रम पश्चात् मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रममा  वैदेशिक रोजगारिका शिलशिलामा युएईको विभिन्न राज्यमा श्रमशिल भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै