दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा – Sagarmathapana:: Online News Portal

दक्षिण अफ्रिका आइसिसी टी-२० विश्वकपको फाइनलमा

   २०८१ असार १३ गते  

 

काठमाडौं ।  बिहीबार अफगानिस्तानमाथि सानदार जित निकाल्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो।

 

दक्षिण अफ्रिका अपराजित रहँदै फाइनल पुगेको हो। अफगानिस्तानले अब इंग्ल्याण्ड र भारतबीचको विजेतासँग फाइनल खेल्नेछ।

सेमिफाइनल खेलमा अफगानिस्तानविरूद्ध जितका लागि पाएको ५७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटमात्रै गुमाएर पार गर्‍यो।

त्यस क्रममा रेजा हेन्ड्रिक्सले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २९ रन बनाउँदा २१ बल खेलेका एडिन मक्रमले ४ चौका हानेर २३ रन बनाएर नट आउट रहे।

त्यसअघि ओपनर क्वीन्टन डीकक ५ रन बनाएर आउट भएका थिए। उनलाई फजलहक फारूकीले बोल्ड गरेका थिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभर खेलेर ५६ रनमा समेटिएको थियो।

अफगानिस्तानले आज बनाएको योगफल टी-२० विश्वकपको सेमिफाइनल खेलमा बनेको अहिलेसम्मको कम योगफल हो।

उक्त योगफल अफगानिस्तानले टी-२० विश्वकपमा बनाएको अहिलेसम्मकै कम योगफल पनि हो।

अफगानिस्तानलाई ५६ रनमा अल आउट गर्न दक्षिण अफ्रिकाका मार्को जनसेन र तबरेज शम्शीले ३/३ विकेट लिए। कगिशो रबाडा र एनरिच नोर्त्जीले २/२ विकेट लिए।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानका लागि अजमत उल्लाह ओमरजइले बनाएको १० रन सर्वाधिक रह्यो।

रहमानउल्लाह गुर्बाज, मोहम्मद नाबी र नूर अहमद शून्यमा आउट भए।

इब्राहिम जद्रान २ रन, गुलबदिन नइब ९ रन, नागियालीया खरोते ८ रनमा, करिम जनत ८ रन, रसिद खान ८ रन र नवीन उल हक २ रनमा आउट भए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै