टी-२० विश्वकपको सेमिफाइनलमा पहिलो पटकअफगानिस्तान प्रवेश – Sagarmathapana:: Online News Portal

टी-२० विश्वकपको सेमिफाइनलमा पहिलो पटकअफगानिस्तान प्रवेश

   २०८१ असार ११ गते  

काठमाडौं।   वेस्ट इन्डिजको किंग्सटाउनमा मंगलबार भएको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको हो।
बंगलादेशलाई पराजित गरेसँगै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ।

टी-२० विश्वकपको सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेको थियो। ब्याटिङ गर्दा अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो।

यता बंगलादेशले १७.५ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्यो।

अफगानिस्तानका लागि रहमानुल्ला गुर्बाजलेले सर्वाधिक ४३ रन बनाएका थिए। बलिङतर्फ कप्तान रसिद खान र नवीन उल हकले ४-४ विकेट लिएका थिए।

बंगलादेशका लागि लिटन दासले ५३ रन बनाएका थिए। उनी आउट भने भएका थिएनन्। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङमा बंगलादेशका लागि रिशद होसेनले तीन विकेट लिएका थिए। तस्किन अहमद र मुस्तफिजुर रहमानले एक-एक विकेट लिएका थिए।

अफगानिस्तानले बंगलादेशमाथि जीत हासिल गरेसँगै अष्ट्रेलियाको पनि विश्वकप यात्रा समाप्त भएको छ। सुपर ८को पहिलो समूहमा रहेको अष्ट्रेलियालाई गएराति भारतले २४ रनले पराजित गरेको थियो।त्यसअघि अफगानिस्तानले पनि अष्ट्रेलियालाई २१ रनले पराजित गरेको थियो।

सुपर ८ मा हरेक समूहबाट दुई टिम अन्तिम चारमा पुग्छन्। अब सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नेछ। त्यस्तै भारतले इंग्ल्याण्डसँग खेल्नेछ।
सुपर ८ मा दुई हार व्यहोरेसँगै अष्ट्रेलिया विश्वकपबाट बाहिरिएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै