सरकार राम्रैसँग अगाडि जान्छ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ – Sagarmathapana:: Online News Portal

सरकार राम्रैसँग अगाडि जान्छ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

   २०८१ असार ३ गते  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो ।

“सरकार अगाडि जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने  हल्लामा कुनै सत्यता छैन । यो समीकरण राम्रैसँग जाने छ”, सरकारमा रहेका दलहरुबाट सरकार प्रति सार्वजनिक असन्तुष्टिका सन्र्दभमा पत्राकारहरुले उठाएको जिज्ञासामा जवाफ दिँदै प्रधानन्त्रीले भन्नुभयो ।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निति तथा कार्यक्रम र बजेटका विषयलाई लिएर दिनुभएको असन्तुष्टिलाई पनि ठुलो रुपमा हेर्न नहुने तर्क गर्नुभयो ।

“केपी ओली जीले पनि असन्तुष्टि जस्तो मात्रै पो गर्नुएभएको हो । असन्तुष्टि नै गर्नुभाछैन नि”, प्रधानमन्त्री प्रचण्डको जवाफ थियो । उहाँले पछिल्लो गठबन्धन सरकारको सय दिन सन्तोष जनक रहेको पनि बताउनुभयो ।

“सरकारको सय दिन समग्र रुपमा सन्तोष जनक र राम्रो नै छ । निति तथा कार्यक्रम र वजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ । यो राम्रैसग प्रतिनिधी सभावाट पारित हुने छ” उहाँले भन्नुभयो ।

उहाँले सरकारले सुशासन, सामाजिक न्याय र सम्वृद्धिका क्षेत्रमा पनि थुप्रै सकरात्मक पहलहरु अगाडी बढाएको धारणा राख्नुभयो । सरकारका सय दिन सन्तोष जनक रहदा रहदै पनि अझै जनभावना अनुसारका कामहरु भने हुन नसकेको पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो । उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै