मुन थकालीको रोमान्टिक गीत ‘कदम कदम’ सार्वजनिक (भिडियो) – Sagarmathapana:: Online News Portal

मुन थकालीको रोमान्टिक गीत ‘कदम कदम’ सार्वजनिक (भिडियो)

   २०८० मंसिर ११ गते  

काठमाडौँ। प्रतिभावान व्यक्तित्व गायक,संगीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा संगीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन्। रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन्।

हर्कुलस बस्नेतको संगीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृस क्षेत्रीको रहेको छ। नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ। भिडियोको छायाँकन र सम्पादन पनि नितेश लामाले नै गरेका हुन्। जोमसोमको रमणीय दृश्यहरु कैद गरिएको भिडियो उत्कृस्ट बनेको छ। भिडियो मुन थकालीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै