नेवा: पुच: युएईका सल्लाहकार द्वय रमेश श्रेष्ठ र मनोज कुमार श्रेष्ठ एनआरएनएमा निर्विरोध विजयी, महासचिव कुमार बलामीले व्यक्त गरे खुशी – Sagarmathapana:: Online News Portal

नेवा: पुच: युएईका सल्लाहकार द्वय रमेश श्रेष्ठ र मनोज कुमार श्रेष्ठ एनआरएनएमा निर्विरोध विजयी, महासचिव कुमार बलामीले व्यक्त गरे खुशी

   २०८२ बैशाख २६ गते  

काठमाडौं।सम्पूर्ण प्रवासी नेपालीको हकहितका लागि निरन्तर क्रियाशील संस्था नेवा: पुच: युएईका सल्लाहकारद्वय रमेश श्रेष्ठ मनोज कुमार श्रेष्ठ (गोर्खाली) गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औँ महाधिवेशनमा उपाध्यक्ष तथा मध्यपूर्व संयोजक जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएको छ।

समाजसेवी, सफल व्यवसायी तथा जीसीडी अध्यक्षसमेत रहनुभएका  रमेश श्रेष्ठ यसअघि एनआरएनए युएईका पूर्व अध्यक्ष, आईसीसी उप–संयोजकजस्ता महत्वपूर्ण भूमिकामा कार्यान्वयन गरिसक्नुभएको छ। हाल उहाँ दुबई, कतार, नेपाल, भारत र युरोपका विभिन्न मुलुकहरुमा करिब ३०० जनाभन्दा बढी कामदारहरुलाई रोजगारी दिँदै व्यवसाय बिस्तार गरिरहनुभएको एक सफल व्यवसायी हुनुहुन्छ।

त्यस्तै, अर्का सल्लाहकार मनोज कुमार श्रेष्ठ (गोर्खाली) पनि एनआरएनएमा उल्लेखनीय योगदान दिँदै आएका छन्। उहाँको नेतृत्वदायी क्षमताको कदर गर्दै यसपटक पनि निर्विरोध निर्वाचित गरिएको हो।

यस अवसरमा नेवा: पुच: युएईका महासचिव तथा नेफिन युएईका पूर्व महासचिव कुमार बलामी तीन दिनको लागि युएईबाट महाधिवेशनमा सहभागी भई, सल्लाहकार द्वय सहित युएईका सफल व्यवसायी तथा समाजसेवी ठाकुर प्रशाद ढुङ्गानालाई कोषाध्यक्ष पदमा विजयी बनाउन सक्दो साथ र समर्थन प्रदान गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ।

नेवा: पुच: युएई परिवारले नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै