पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, बाबुको पेन्सनपट्टामा भेटिएको रहस्यको खोजीमा दयाहाङ – Sagarmathapana:: Online News Portal

पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक, बाबुको पेन्सनपट्टामा भेटिएको रहस्यको खोजीमा दयाहाङ

   २०८३ भाद्र १० गते  


काठमाडौं।माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक भएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको कथावस्तुलाई लिएर दर्शकको चासो बढेको छ ।

सिटी सेन्टरस्थित बिग मुभिजमा मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम भेटिएपछि उत्पन्न पारिवारिक रहस्यलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा दयाहाङको पात्र जेठी आमाको खोजीमा निस्किएको देखिन्छ । यो खोजीका क्रममा परिवारभित्र लुकेका विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सनको अधिकारसँग जोडिएका विषयहरू क्रमशः खुल्दै जाने संकेत गरिएको छ ।

लाहुरे जीवनलाई पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग मात्र जोडेर नहेरी त्यससँग जोडिएका पारिवारिक उतारचढाव तथा भावनात्मक पीडालाई फिल्मले कथाको केन्द्रमा राखेको देखिन्छ ।

फिल्मको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । ‘पेन्सन पट्टा’ले लाहुरे परम्पराले परिवार र समाजमा पारेको प्रभावलाई भावनात्मक कथामार्फत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै