देशभर FOTON को सेवा सञ्जाल विस्तार, पाँच नयाँ ‘टोटल केयर शिल्ड’ सर्भिस सेन्टर सञ्चालनमा – Sagarmathapana:: Online News Portal

देशभर FOTON को सेवा सञ्जाल विस्तार, पाँच नयाँ ‘टोटल केयर शिल्ड’ सर्भिस सेन्टर सञ्चालनमा

   २०८३ असार २९ गते  

काठमाडौं- नेपालमा FOTON विद्युतीय सवारीसाधन (EV) को आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले आफ्नो बिक्रीपछिको (After-sales) सेवा सञ्जाल थप विस्तार गरेको छ।

कम्पनीले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लाहानमा पाँच नयाँ FOTON Total Care Shield Service Point सञ्चालनमा ल्याएको जनाएको छ। यससँगै FOTON को देशभर बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा पुगेको छ।


कम्पनीका अनुसार नयाँ सेवा केन्द्रमार्फत ग्राहकहरूले आफ्नै क्षेत्रबाट सहज, छिटो र भरपर्दो मर्मत तथा प्राविधिक सेवा प्राप्त गर्नेछन्। विशेषगरी शैक्षिक संस्था, ढुवानी व्यवसाय तथा व्यावसायिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूलाई यस विस्तारले ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

नयाँ सेवा केन्द्रहरूमा FOTON का विद्युतीय सवारीका लागि आवश्यक अत्याधुनिक डायग्नोस्टिक उपकरण, दक्ष EV प्राविधिक र कम्पनीबाट स्वीकृत मौलिक (Genuine) स्पेयर पार्ट्स उपलब्ध हुनेछन्। नियमित मर्मत, प्राविधिक परीक्षण, मर्मत सेवा तथा वारेन्टीसम्बन्धी सुविधा पनि यही नेटवर्कमार्फत प्रदान गरिने कम्पनीले जनाएको छ।

नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा प्रमुख सहरबाहिर पनि गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सेवा विस्तार गरेको हो। यसले सवारीको सुरक्षा, कार्यक्षमता र आयु बढाउनुका साथै मर्मतका लागि लामो दूरी तय गर्नुपर्ने ग्राहकको समस्या पनि कम हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार FOTON Total Care कार्यक्रमको मुख्य उद्देश्य सवारीको सञ्चालन समय बढाउने, मर्मत खर्च घटाउने र व्यवसायलाई अवरोधबिना सञ्चालन गर्न सहयोग पुर्‍याउनु हो।

FOTON का आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले नेपालभर शोरुम र सेवा केन्द्र विस्तार गर्दै ग्राहकलाई भरपर्दो बिक्रीपछिको सेवा, मौलिक स्पेयर पार्ट्स तथा ग्राहकमैत्री व्यावसायिक मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै