कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना:३६ जना घाइते, २ गम्भीर – Sagarmathapana:: Online News Portal

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना:३६ जना घाइते, २ गम्भीर

   २०८२ आश्विन १८ गते  

कपिलवस्तु।धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार बिहान कपिलवस्तुमा दुर्घटनामा परेको छ।ना ८ ख ५७०३ नम्बरको बस कपिलवस्तु नगरपालिका–६ वनकसवासामा पल्टिँदा ३६ जना यात्रु घाइते भएका हुन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार बिहान करिब ५:३० बजे बस सडक छेउमा अनियन्त्रित भएर पल्टिएको हो। दुर्घटनामा परेका घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने अन्य २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको उद्धार कार्यमा स्थानीयबासी, प्रहरी र उद्धार टोलीले तत्काल सहयोग गरेका थिए। बसमा काठमाडौँतर्फ गइरहेका यात्रु सवार रहेको र अधिकांश घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमानअनुसार चालकको लापरबाही वा अत्यधिक गतिका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै