केन्द्रीय परिषद् सदस्य ‘यथार्थ’ एमाले त्यागी माओवादी केन्द्रमा प्रवेश
काठमाडौं।कुवाकोट निवासी नेकपा (एमाले) का केन्द्रीय परिषद् सदस्य दिपेन्द्र कुवर ‘यथार्थ’ ले पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
जनयुद्धकालदेखि नै माओवादी आन्दोलनमा सक्रिय रहेका कुवर, पार्टी विभाजनपछि एमालेतर्फ लागेको बताइन्छ । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुमलटारस्थित निवासमा कुवरलाई स्वागत गरेका छन् ।
माओवादी केन्द्र बैतडीका जिल्ला इञ्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ को सहजीकरणमा भएको कार्यक्रममा दिपेन्द्र कुवर पुनः माओवादी परिवारमा फर्किएका हुन् ।
कुवरको प्रवेशसँगै बैतडीमा माओवादी केन्द्र थप सशक्त भएको स्थानीय नेताहरूको भनाइ छ ।












