कृति चिल्ड्रेन सेन्टरको तर्फबाट हङकङस्थित नेपाल वायुसेवालाई अटिजम-मैत्री बनाउन ज्ञापनपत्र हस्तान्तरण – Sagarmathapana:: Online News Portal

कृति चिल्ड्रेन सेन्टरको तर्फबाट हङकङस्थित नेपाल वायुसेवालाई अटिजम-मैत्री बनाउन ज्ञापनपत्र हस्तान्तरण

   २०८२ बैशाख ३१ गते  

हङकङ।कृति चिल्ड्रेन सेन्टरको तर्फबाट हङकङस्थित नेपाल वायुसेवाको कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गर्दै अटिजम भएका यात्रुहरूको हितका लागि नेपाल वायुसेवालाई अटिजम-मैत्री (Autism-friendly) बनाउन आग्रह गर्दै ज्ञापनपत्र हस्तान्तरण गरिएको छ।

कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङज्यूले ज्ञापनपत्र हस्तान्तरणमा महत्वपूर्ण समर्थन जनाउँदै सहभागिता जनाउनु भएको थियो। उहाँको सक्रिय सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

नेपाल वायुसेवा हङकङका स्टेशन प्रबन्धक श्री विजय कुमार अधिकारीज्यूले उक्त ज्ञापनपत्रलाई अत्यन्त उत्साहपूर्वक स्वीकार गर्दै अटिजम भएका यात्रुहरूको आवश्यकतालाई ध्यानमा राखी भविष्यमै सहजीकरणका लागि विशेष योजनाहरु विकास गरिने आश्वासन दिनुभयो। उहाँले कृति चिल्ड्रेन सेन्टरसँग सहकार्य गर्दै यस्ता यात्रुहरूको लागि यात्रा सहज बनाउनेतर्फ वायुसेवा अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कृति चिल्ड्रेन सेन्टरका संचालक करिश्मा बान्तवा राई, आस्मी गुरुङ र विद्या गुरुङको नेतृत्वमा गरिएको यो पहलले अटिजम भएका व्यक्तिहरूका लागि एक सकारात्मक परिवर्तनको संकेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै