परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना – Sagarmathapana:: Online News Portal

परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना

   २०८१ फाल्गुन २१ गते  

काठमाडौँ।डडेल्धुराको परशुराम नगरपालिकाले परशुराम साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गरेको छ ।

यही फागुन २२ र २३ गते परशुराम धाममा महोत्सव आयोजना गरिएको हो ।

उक्त महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने बताइएको छ । कार्यक्रमको सञ्चालन भने चर्चित टिभी प्रस्तोता समा थापाले गर्ने भएकी छन् ।

महोत्सवमा कला, साँस्कृति, खेल, साहित्यलगायत विभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै