केपी ओली कप: ट्राइबेकरमा ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफको विजयी सुरुआत – Sagarmathapana:: Online News Portal

केपी ओली कप: ट्राइबेकरमा ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफको विजयी सुरुआत

   २०८१ फाल्गुन ११ गते  

काठमाडौं।आजबाट सुरु भएको तेस्रो संस्करणको केपी ओली कप फुटबलको उद्घाटन खेलमा ब्ल्याक बुल्स एफसीलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुआत गरेको छ ।

एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ६ मिनेटमा पनि कुनै पनि गोल नभएपछि ट्राइबेकरबाट नतिजा निकालिएको थियो । ट्राइबेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई ४-३ ले हराउँदै एपीएफ अर्को चरणमा पुगेको हो ।

नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।

फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।

फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता एपीएफ तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।

सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै