बुटवलमा आज बाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ – Sagarmathapana:: Online News Portal

बुटवलमा आज बाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१

   २०८१ फाल्गुन ५ गते  

काठमाडौं।बुटवलमा आज बाट दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकाश समितिले आयोजनामा दोस्रो मेयर कप छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता २०८१ हुने भएको हो ।


फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको सबै तयारी पूरा भएको पालिकाले जानकारी दिएको छ ।
बुटवल उपमहानगरपालिका परिषरमा आईतबार पत्रकार सम्मेलन गर्दै नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।


प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बाट्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै