नयाँ भर्सनमा प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि'(भिडियो) – Sagarmathapana:: Online News Portal

नयाँ भर्सनमा प्रकाश ओझाको ‘भत्काइदिन्छु बाख्राको खोर पनि'(भिडियो)

   २०७८ पुष ५ गते  

काठमाडौँ। गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ। डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत हो। ओएसआर डिजिटलको प्रस्तुति रहेको कमेडी गीतमा संगीत पनि प्रकाश ओझा कै रहेको छ। सार्वजनिक भिडियोमा प्रकाश ओझाको साथमा कृष्ण शिवाकोटी बिन्दा खतिवडा बिनय पौडेल,कमला पौडेल,संचिता मगर,राम कार्की,ललित पहाडी ,प्रेम चौधरी,छत्र दाई लगाएतको अभिनय रहेको छ।

दिब्यराज सुवेदीले छायांकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन,पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ। बसन्त निरौलाले निर्देशन गरेको भिडीयो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै