तीतो भएपनि सत्य बोल्ने साहसी नेता जनार्दन शर्मा – Sagarmathapana:: Online News Portal

तीतो भएपनि सत्य बोल्ने साहसी नेता जनार्दन शर्मा

   २०८१ फाल्गुन २ गते  

आज जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको पालामा कर्णालीका भूकम्प पीडितहरुको आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग दिने भनि झुक्याइएको न पिडितले पैसा पाएको न कुनै कागजातहरु फेला परेको उनको भनि स्विकारेछन।

अघिल्लो सरकारमा कर्णालीबाटै निर्वाचित मन्त्री (शक्तिबहादुर बस्नेत) पनि सहभागी रहेपनि भूकम्प पीडितहरुको पक्षमा कुनै काम हुन नसकेको उनले टिप्पणी गरे ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिले ४ लाख रुपैयाँ दिने भनि निर्णय गरेको छ । उनले भने, अघिल्लो सरकारले हामीलाई ५ लाखको गरेको घोषणा ले एउटा छाप्रो बनाउँला भन्ने आशा थियो । तर, त्यो डकुमेन्ट खोज्दा कहीँ पनि भेटेनौं । मौखिक मात्र रहेछ । अहिलेको सरकारले चार लाख भनेर निर्णय गर्दिएको छ । एक लाख त हाम्रो घट्यो । यसबाट हामीले कमसेकम एउटा छाप्रो बनाएर पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने छ । अब त्यसको तयारीमा यहाँहरु लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’

जे भएपनि बरु ओली नेतृत्वको वर्तमान सरकार ले नै भूकम्प पीडितहरुको आखाको आँसु पुछेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै