(NMA)नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरु हिमलुङ हिमाल आरोहणका लागि प्रस्थान – Sagarmathapana:: Online News Portal

(NMA)नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरु हिमलुङ हिमाल आरोहणका लागि प्रस्थान

   २०८२ आश्विन ३१ गते  

काठमाडौं।नेपाल माउन्टेन एकेडेमी का ब्याचलर अफ माउन्टेनियरिङ स्टडिज (BMS) कार्यक्रमको ५औं ब्याचका विद्यार्थीहरुआज बिहान आफ्नो हिमलुङ हिमाल (७१२६ मिटर) आरोहण अभियानका लागि औपचारिक रूपमा प्रस्थान गरेका छन्।

यो अभियान BMS को आठौं सेमेस्टरको शैक्षिक अभ्यास (Academic Expedition) को रूपमा सञ्चालन हुँदैछ। कुल १२ जना विद्यार्थी, प्रशिक्षक तथा पर्यवेक्षकसहितको टोलीले आज बिहान काठमाडौंबाट हिमलुङ हिमालतर्फ यात्रा आरम्भ गरेको हो।

अभियानका सम्पूर्ण लजिष्टिक तथा व्यवस्थापन कार्यहरू ग्लोबल एक्सपेडिसन प्रा.लि.ले सम्हाल्नेछ।

नेपाल माउन्टेन एकेडेमीका विद्यार्थीहरूका लागि यो अभियानले सैद्धान्तिक अध्ययनलाई व्यवहारिक पर्वतारोहण अनुभवसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

नेपाल माउन्टेन एकेडेमीका प्राज्ञ शिव प्रसाद जैशी खतिवडा,डिकेन महर्जन लगायत सम्पूर्ण टोली सदस्यहरूलाई शुभयात्रा तथा सफल आरोहणको शुभकामना व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै