सुर्के,देउमाई इलामका स्थानीय युवाबाट विपद्पीडित परिवारलाई सहयोग

काठमाडौं।देउमाई नगरपालिका–३ सुर्के, इलाम स्थानीय युवाहरूले सामूहिक पहलमार्फत विपद्पीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन्। सुमन राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिब रु. ५८ हजार ७ सय बराबरका अत्यावश्यक सामग्रीहरू वितरण गरिएको हो।
राहत संकलन तथा व्यवस्थापनमा लक्ष्मण बिढाथोकी, सुदीप राई, जाेन लिङ्खिम, चेतन कट्टेल, सोम बराल, हेम राई र विष्णु राई लगायतका युवाहरू सक्रिय सहभागी बनेका थिए। समग्र पहल सुजन राईको समन्वयमा सम्पन्न भएको थियो।
कार्यक्रममार्फत विपद् प्रभावित बिष्णु गजुरेल, मेनुका बराल, नविन राई, तिथ कुमारी तामाङ, नरबहादुर राई र रमना खड्कालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।
स्थानीय युवाहरूले विपद्को समयमा सामूहिक सहयोग र मानवीय मूल्यलाई प्राथमिकता दिँदै समुदायमा एकता र सहकार्यको सन्देश दिएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यहरू निरन्तर गर्ने प्रतिबद्धता जनाएका छन्।