गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘तेनो कुर्सी(ढोग भेट)’को चुड्का–कौडा गीत सार्वजनिक – Sagarmathapana:: Online News Portal

गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘तेनो कुर्सी(ढोग भेट)’को चुड्का–कौडा गीत सार्वजनिक

   २०८२ आश्विन ३१ गते  

काठमाडौँगुरुङ समुदायको संस्कार र परम्परामा आधारित गुरुङ चलचित्र ‘तेनो कुर्सी(ढोग भेट)’मा समावेश गरिएको चुड्का-कौडा गीत सार्वजनिक गरिएको छ।सुबास गुरुङ(गणेश)को लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको गीत ‘Subash Gurung @Subashgrg143’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

चलचित्रले गुरुङ समाजमा देखिने बिहे परम्परा र ढोग-भेट संस्कारको सांस्कृतिक महत्वलाई प्रस्तुत गर्ने उद्देश्य बोकेको छ।

गीतमा सुबास गुरुङ र मेलिना राईको स्वर रहेको छ।कोरस भोकलमा आर.के.गुरुङ,आँसु लामा,रुपी सिङ्जाली मगरपेमाराना मगरको आवाज सुन्न सकिन्छ।गीतको सङ्गीत आँसु लामाले तयार गरेका हुन् भने एरेन्ज शिव कनौजे मगर र शब्द गणेश गुरुङ(सुबास)ले लेखेका हुन्।गीतको रेकर्डिङ र मिक्सिङ बिमल छिनालले Dynamic Studioमा गरेका हुन्।

चलचित्रमा पर्वत गुरुङ,राजेश गुरुङ,टिकराम घले,ओम गुरुङ, भीमबहादुर गुरुङ,थमन गुरुङ,खुशी माया गुरुङ,बबिता गुरुङ,अलिसा गुरुङ,पूजा गुरुङरीना गुरुङको अभिनय रहेको छ।

चलचित्रका निर्मातामा चन्द्र गुरुङ,भीम बहादुर गुरुङ,कुमार गुरुङ,जयलक्ष्मी गुरुङज्ञान बहादुर गुरुङ रहेका छन्।

भिडियोमा कोरियोग्राफर कमल बहादुर गुरुङ,ड्रोन थमन गुरुङ, सिनेमाटोग्राफर विशाल प्रजापतिसम्पादक राजेन्द्र खड्का(राजन पुर्वार) रहेका छन्।मेकअप मोहन लामा,ड्रेस चिरी च्याट ड्रेस हाउस,पोखराले उपलब्ध गराएको हो।

पोस्ट प्रोडक्सन ClimaxArt Production ले गरेको चलचित्रको निर्माण व्यवस्थापन भीमबहादुर गुरुङले सम्हालेका छन्।

निर्देशक सुबास गुरुङका अनुसार चलचित्र र गीतले गुरुङ समुदायको मौलिक पहिचान,परम्परा र जीवनशैलीलाई उजागर गर्ने प्रयास गरेको हो।

video:

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै