जेनजी आन्दोलनमा ७६ को मृत्यु: २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदीको मृत्यु पुष्टि – Sagarmathapana:: Online News Portal

जेनजी आन्दोलनमा ७६ को मृत्यु: २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदीको मृत्यु पुष्टि

   २०८२ आश्विन ३१ गते  

काठमाडौं।जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये २२ जना प्रदर्शनकारी रहेको नेपाली सेनाले पुष्टि गरेको छ।शुक्रबार सेनाको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनका घटनासँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गरेका हुन्।

थापाका अनुसार चैत २३ र २४ गतेको क्रममा भएको झडपमा २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदीको मृत्यु भएको छ भने बाँकी ४१ जनालाई ‘अन्य’ श्रेणीमा राखिएको छ। सेनाले ती ४१ जनाको मृत्युका कारणबारे थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।

उपरथी थापाले भने, “हामीले भिड नियन्त्रणका क्रममा कम घातक उपायहरू अपनाएका थियौं। सिंहदरबार क्षेत्रमा ४६ राउन्ड हवाई फायर गर्नुपरेको थियो, तर प्रत्यक्ष निशाना साधिएको थिएन।”

सेनाको विवरणअनुसार, आन्दोलनका क्रममा कैदीहरूले जेलबाट भाग्ने प्रयास गर्दा १० जनाको ज्यान गएको हो। यस्तै, आन्दोलनकारीबाट ३ जना प्रहरी मारिएको र ४१ जनाको मृत्यु लुटपाट, आगजनी र आफैंले सल्काएको आगोका कारण हुनसक्ने आशंका गरिएको छ।

सेनाले पत्रकार सम्मेलनमा ९७८ वटा हतियार लुटिएको जानकारी पनि सार्वजनिक गरेको छ, जसमा ५८६ वटा हतियार बरामद र फिर्ता भएको बताइएको छ।

थापाले सेनाले सबै घटनाको सत्यतथ्य छानबिनका लागि सम्बन्धित निकायसँग सहकार्य गरिरहेको जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै