टी–२० विश्वकप प्रवेशपछि अर्ना बियरद्वारा टीम नेपाललाई रु.१करोड २ लाख सहयोग – Sagarmathapana:: Online News Portal

टी–२० विश्वकप प्रवेशपछि अर्ना बियरद्वारा टीम नेपाललाई रु.१करोड २ लाख सहयोग

   २०८२ आश्विन ३१ गते  

काठमाडौं-टी–२० विश्वकपमा ऐतिहासिक प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अर्ना बियर (Yeti Brewery) ले ठूलो सहयोग गर्ने घोषणा गरेको छ। कम्पनीले कुल रु. १ करोड २ लाख सहयोग गर्ने बताएको छ।

कम्पनीका अनुसार सो सहयोग रकममध्ये रु. ५१ लाख खेलाडीहरूलाई प्रोत्साहनस्वरूप दिइनेछ भने रु. ५१ लाख नेपाल क्रिकेट संघ (CAN) लाई पूर्वाधार विकासका लागि प्रदान गरिनेछ।

अर्ना बियरले नेपाली क्रिकेटको निरन्तर प्रगति र विश्वकपमा स्थान सुरक्षित गरेको उपलब्धिलाई देशकै गौरवको विषय मानेको छ। कम्पनीले आगामी दिनमा पनि खेलकुद, विशेषगरी क्रिकेटको विकासका लागि सहकार्य जारी रहने जनाएको छ।

विश्वकपको तयारीमा जुटिरहेको टीम नेपालका लागि यो सहयोगले थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै