पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा थप संघर्षका कार्यक्रम घोषणा
काठमाडौं-ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले सरकारसँगको वार्तामा सहमति नजुटेपछि थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।




उनीहरुले भोलिदेखि आगामी फागुन ९ गते सम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । यही फागुन ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध तथा काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
यस्तै, उनीहरुले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् पत्र बुझाउने लगायतका विरोधका कार्यक्रम तय गरेका छन् । साथै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणक्रममा भएको प्रर्दशनमा पक्राउ परेकालाई बिनासर्त रिहाई गर्नुको साटो धरौटीमा रिहाई गरेको तथा केबलकार निर्माण कार्य नरोकिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।














