पूर्वी नेपालमा पनि घटे संक्रमित – Sagarmathapana:: Online News Portal

पूर्वी नेपालमा पनि घटे संक्रमित

   २०७८ कार्तिक २२ गते  

 

विराटनगर– आइतबार प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । असोज र कत्तिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम सङ्क्रमित सङ्ख्या हो । आइतबार देखिएका कोरोना सङ्क्रमितमा मोरङमा तीन, झापामा दुई र सुनसरीका एक जना छन् ।

यस प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङको विराटनगरमा तीन, झापाको भद्रपुर र कमल गाउँपालिकामा एकरएक र सुनसरीको इटहरीमा एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार १८४ पुगेको छ भने यस भाइरसबाट मुक्त हुनेको सङ्ख्या एक लाख चार हजार ९१९ रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै