अखिल क्रान्तिकारीको विवाद कायमै
१५ माघ, काठमाडौं। अखिल क्रान्तिकारीको निर्वाचनमा समितिले व्यवस्था गरेको ‘रातो मसी कलम रेजामा कालो मसी भेटिएपछि विवाद भएको थियो अध्यक्षका तीन उम्मेदवार उपदेश यादव, सुदीन पौडेल र हेमन्त राईले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने अन्य रंग भेटिए मत बदर हुने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरका विद्यार्थीहरू भने दुवै रंगका मसीलाई मान्यता दिएर गणना गर्नुपर्ने पक्षमा छन् ।
वाल्मिकीमा पठनपाठनमा समस्या भएकाले पेरिसडाँडामा लगेर मत गणना गर्ने तयारी गरिएको छ।












