तराई-मधेश एमालेको पक्षमा उर्लियो जनलहर
सिराहा । नेकपा एमालेको पक्षमा तराई-मधेशमा जनलहर उर्लिएको छ । युवा संघ नेपालले आयोजना गरेको युथ फोर्स जिल्ला भेलामा दश हजार भन्दा बढी युवाहरु सहभागी भई तराईमा एमालेको पक्षमा जनलहर उर्लिएको प्रमाण दिएका हुन ।

कार्यक्रम अघि आयोजित मोटर साइकल जुलुसमै ५ हजार भन्दा बढी युवाहरु सहभागी भएका थिए । पछिल्लो समय तराई मधेशका जनतामा एमालेबिरुद्ध छरेको भ्रम हटेको र तराई मधेशको समृद्धि एमाले नेतृत्वको सरकारबाट मात्रै संभव हुने निश्कर्षका साथ सिराहाका नागरिक एमालेप्रति आकर्षित हुन थालेका हुन । भेलाबाट सरोजचन्द्र यादव युथप फोर्स सिरहाको संयोजक चयन भएका छन् ।












