आठ वटा मधेशी राजनीतिक दलहरूको बैठक काठमाडौंमा जारी – Sagarmathapana:: Online News Portal

आठ वटा मधेशी राजनीतिक दलहरूको बैठक काठमाडौंमा जारी

   २०८१ माघ १४ गते  

काठमाडौं । मोर्चा बनाउन सक्रिय मधेशी राजनीतिक दलहरूको बैठक जारी छ । काठमाडौंको अनामनगरमा सोमबार दिउँसो विभिन्न आठ वटा राजनीतिक दलहरू छलफलमा जुटेका हुन् ।

अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का नेताहरूबीच छलफल चलिरहेको हो ।

पछिल्ला दिनहरूमा मोर्चा बनाउनेगरी यी दलहरू आन्तरिक तयारीमा छन् ।
संसद्को हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ । संसद्‌मा मधेशी दलहरूको उपस्थिति कस्तो बनाउने र मोर्चाका क्रियाकलाप कसरी अघि बढाउने भन्नेबारे छलफल भइरहेको स्रोतले बताएको छ ।
यसैबीच मधेश केन्द्रीत दलहरूले मोर्चा बनाउन वाता समिति र कार्यदल बनाउँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै