एक वर्षको लागि रातो बाँदर र बँदेल कृषि हानिकार वन्यजन्तु – Sagarmathapana:: Online News Portal

एक वर्षको लागि रातो बाँदर र बँदेल कृषि हानिकार वन्यजन्तु

   २०८१ माघ १४ गते  

काठमाण्डौ – सरकारले जङ्गली रातो बाँदर र बँदेललाई एक वर्षको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ ।यसरी खेतबारीमा पस्ने बाँदर र बँदेल धपाउँदा र लखेट्दा मरेमा किसानलाई कानूनी कारबाही हुनेछैन तर नियतवश भने मार्न पाइँदैन।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ अनुसार निजी खेत, खला, बारीमा आउने जङ्गली रातो बाँदर र बँदेललाई राजपत्रमा सूचना प्रकाशित भएको मितिले १ वर्षसम्मको लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।खेतवारीमा जङ्गली रातो बाँदर र बँदेलले पुर्‍याइरहेको क्षतिलाई रोक्न सरकारले यस्तो व्यवस्था गरेको हो ।

सरकारले  बिहिवार जारी गरेको राजपत्र अनुसार  जङ्गली रातो बाँदर बँदेललाई सरकारले तोकेको शर्तअनुसार ईजाजतपत्र  वेगर धपाउन, लखेटन र समात्न सकिनेछ । तर नियतवश भने जङ्गली रातो बाँदर र बँदेललाई भने मार्न नपाइने व्यवस्था सरकारले गरेको छ।

शर्तहरू : 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै