सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौँलाई ५ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत रु ४ लाख ९७ हजार २ सयको चेक जोन्टा क्लब अफ काठमाडौंलाई हस्तान्तरण गरेको छ । उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागी प्रयोग गरिने छ ।
सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छालाई चेक हस्तान्तरण गरे ।
जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।












