अछामका १ हजार ८६ जना एमाले कार्यकर्ता भीम रावलको पार्टीमा प्रवेश
काठमाडौं । अछामका १ हजार ८६ जना सक्रिय कार्यकर्ताले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेबाट निष्काशित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको बताएका छन् ।


एमाले परित्याग गरेर रावलको अभियानलाई समर्थन गर्नेहरुमा प्रदेश कमिटी तथा विभागीय सदस्य–७, केन्द्रीय विभागका दुई जना, जिल्ला कमिटी सचिवालय सदस्य ५ जना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद्का १ जना रहेका छन् ।




















