युरोपको विभिन्न राष्ट्रमा पठाउने नाममा ठगी – Sagarmathapana:: Online News Portal

युरोपको विभिन्न राष्ट्रमा पठाउने नाममा ठगी

   २०८१ माघ ५ गते  

काठमाण्डौ –युरोपको विभिन्न राष्ट्रमा पठाउने  भन्धै लाखौ रुपैया

रकम उठाउने गिरोहहरु सक्रीय रहेको पायिएको छ।

रोमानिया, क्रोएशिया, माल्टालगायतका देशमा कार्यरत नेपालीहरुलाई विभिन्न प्रलोभन देखाएर पोल्याण्ड तथा बुल्गेरियामा गैरकानूनी ओसारपसार गरेर ठगी हुने क्रम बढेको हो

जर्मनीको बर्लिनमा नेपाली दूतावासले ‘अत्यन्त जरुरी सूचना’ निकालेर टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालहरुको प्रयोग गरेर प्रलोभन बाँडिएको तथा झुटा विवरण प्रचारप्रसार गरेको पाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

नेपालबाट विधिवतरुपमा जुन देशको लागि श्रमस्वीकृति लिएको हो त्यही देशमा कार्यरत रहन र यस्ता प्रलोभनमा नपर्न दूतावासले अनुरोध गरेको छ । दूतावासले यस्तो गैरकानूनी कार्यमा संलग्न नहुन र कोही संलग्न भएमा प्रमाणसहित दूतावासमा उजुरी दिन पीडितहरुलाई आह्वान पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै