ट्रकले ठक्कर दिँदा मोटर साइकल चालकको जलेर मृत्यु
काठमाडौं । मोटर साइकललाई ट्रकले ठक्कर दिँदा एक जनाको जलेर मृत्यु भएको छ ।
ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी भएको थियो । उक्त आगलागीमा परि चालकको जलेर मृत्यु भएको हो ।




मधेश प्रदेश ०३-००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलमा आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













