महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटिन् मान्छेको औंला – Sagarmathapana:: Online News Portal

महिलाले अर्डर गरिन् चिकेन बर्गर, पहिलो गाँसमै भेटिन् मान्छेको औंला

   २०७८ आश्विन १ गते  

एक महिलाले फास्ट फूड रेस्टुरेन्टमा चिकेन बर्गर अर्डर गरिन् । महिलाले बर्गरको पहिलो गाँसमै जे भेटिन्, त्यो देखेपछि उनको हालत खराब भयो ।न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार बोलिभियामा बस्ने इस्टेफनी बेनिटेज एक फास्ट फूड रेष्टुरेन्टमा बर्गर खान गएकी थिइन् । पहिलो बाइट लिँदा उनले केही कडा चिज महसुस गरिन् । जब बेनिटेजले के रहेछ भनेर हेरिन् तब उनको होस उड्यो किनभने चिकेन बर्गरभित्र मानिसको औंला भेटिएको थियो  ।

यो घटनाबारे इस्टेफनी बेनिटेजले फेसबुकमा जानकारी दिएकी छिन् । उनले घटना गत आइतबार भएको उल्लेख गरेकी छिन् ।
उनले यसबारे रेष्टुरेन्टका कर्मचारीलाई जानकारी दिँदा बर्गर पहिले नै तयार भएर स्टोरमा पुग्ने र यसअघि यस्तो कहिल्यै नभएको बताइन् । साथै रेष्टुरेन्टको तर्फबाट बर्गरको पूरा पैसा फिर्ता दिइने पनि बताइयो ।सोसल भिडियामा महिलाको पोस्ट व्यापक रुपमा सेयर गरिएपछि बर्गर कम्पनीका प्रवक्ता दाहमेर–एस्क्वेले यसलाई ‘दुर्भाग्यपूर्ण घटना’ बताउँदै मासु काट्ने बेला उनका एक कर्मचारीको चोरी औंला काटिएको जानकारी दिइन् । उनको सो कुरा स्थानीय प्रहरीले पनि पुष्टि गरेको छ ।

यसैबीच स्थानीय प्रशासनले रेष्टुरेन्टको यो ब्रान्चलाई अस्थायी रुपमा बन्द गर्ने र कम्पनीमाथि जरिवाना लगाउने निर्णय गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै