काठमाडौं उपत्यकासहित देशभर खुले सुपथमूल्य पसल, कुन वस्तुमा कति छुट
१ असोज, काठमाडौं । सरकारले देशभर दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सुपथमूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान ९डिडिसी०सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट सुपथ मूल्य पसल उद्घाटन गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले थापाथलीको सुपथ मूल्य पसल उद्घाटन गरे ।खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ ।
घटस्थापनको दिनबाट बिक्री सुरु हुने जिउँदो खसी बोकाको बिक्रीमा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियत पाइने सूचना अधिकारी न्यौपानेले बताइन् । दुग्ध विकास संस्थाको उत्पादन पनि छुटमा बिक्री केन्द्रमा हुने भएपनि कुन वस्तुमा कति छुट भन्ने निर्क्यौल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।काठमाडौं उपत्यकामा कहाँ–कहाँ छन् सहुलियत पसल काठमाडौंं उपत्यकामा खाद्य व्यवस्था र साल्टको गरेर घुम्ती सेवासहित १३ वटा पसल सञ्चालनमा आउने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत रहनेगरी थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक भक्तपुरमा चार वटा बिक्री केन्द्र हुनेछन् ।
यस्तै साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय कालीमाटीमा २, कोटेश्वर, सतुंगल, जाउलाखेल र भक्तपुरमा गरेर ६ वटा सहुलियत पसल सञ्चालनमा आएका छन् ।खाद्य कम्पनी अन्तर्गतको ३९ र साल्टको २६ वटा थप सहुलियत पसलहरु भने काठमाडौं उपत्यका बाहिर छन् । खाद्य अन्तर्गतका पसलहरु ३९ र साल्टले २४ जिल्लामा आफ्नो केन्द्रबाट सहुलियतको खाद्यान्न बिक्री गर्ने छन् ।












