भारतमा किसानले पन्जाब बन्दको घोषणा गरे
काठमाडौं ।भारतमा किसानले पन्जाब बन्दको घोषणा गरेका छन् । आफ्नो माग कार्यान्वयनको माग गर्दै एक महिनाभन्दा बढी समयदेखि अनशन बसेका किसान नेता जगजितसिंह डलेवालको समर्थनमा बन्दको आह्वान गरिएको हो ।
उनीहरुले राजमार्ग र रेलवे स्टेशनमा भेला भएर प्रदर्शन समेत गरेका छन् । किसानको प्रदर्शनका कारण सुरक्षा सतर्कता समेत बढाइएको छ । भारतमा १ सय ५० भन्दा बढी रेलसेवा आजका लागि रद्द गरिएको छ ।












