घुसखोरी रोक्न तत्काल ५ सय र १ हजारका नोट तत्काल बन्द गर्नुपर्ने: कांग्रेस उपसभापति
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले घुसखोरी र कमिसनखोरी न्यूनीकरण गर्न ५ सय र १ हजारका नोट तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।
‘देशको आर्थिक अवस्था जर्जर भएर लोकतन्त्र खतरामा रहेको छ,’ कांग्रेस महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय सम्मेलनलाई जलेश्वरमा आइतबार सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका गुरुङले भने, ‘सुशासन कायम हुन नसक्ने, देश बन्न नसक्ने भएकाले दोस्रो पाइलाका रूपमा देशमा चलनचल्तीमा रहेका ठूला नोट तुरुन्त बन्द गरिनुपर्छ ।’












