राष्ट्रिय किताबखानाका शाखा अधिकृत घुस रकमसहित पक्राउ – Sagarmathapana:: Online News Portal

राष्ट्रिय किताबखानाका शाखा अधिकृत घुस रकमसहित पक्राउ

   २०८१ पुष १५ गते  

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग ताहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो ।

पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले तीन लाख रुपैयाँ घुससहित कार्यकक्षबाट नियन्त्रणमा लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै