शान्तिपूर्ण प्रदर्शन गर्न आज अमेरिका जाँदै डा केसी – Sagarmathapana:: Online News Portal

शान्तिपूर्ण प्रदर्शन गर्न आज अमेरिका जाँदै डा केसी

   २०७८ भाद्र ३१ गते  

काठमाडौँ – डा गोविन्द केसी विश्व शान्ति दिवसका अवसरमा हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिकी प्रस्थान गर्दै छन्।स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधार र सुशासनका लागि आन्दोलन गर्दै आएका डा केसी बिहीबार अमेरिका जान लागेका हुन्।

डा केसी ‘दुईदिने सामूहिक सत्याग्रह’को अवधारणा लिएर अमेरिकाको न्यूयोर्क जाने भएका हुन्।विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उनको अगुवाइमा सेप्टेम्बर २० र २१ मा दिनको १ देखि ४ बजेसम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन हुने भएको हो।

प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रुपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराइने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै