फिल्म ‘माग्ने राजा’ मा चर्चित टिकटकर मिस पबी अनुबन्धित – Sagarmathapana:: Online News Portal

फिल्म ‘माग्ने राजा’ मा चर्चित टिकटकर मिस पबी अनुबन्धित

   २०८१ पुष ६ गते  

काठमाडौं । ऋषि लामिछानेले निर्देशन गर्ने  फिल्म ‘माग्ने राजा’ मा केदार घिमिरे र वर्षा सिवाकोटी र टिकटक हुँदै मोडलिङमा चर्चित मिस पबीले फिल्म साइन गरेकी छन् ।

मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहेकी छन् । उनले डेब्यु गर्ने बताइएको फिचर फिल्म ‘राजमहल’ अहिलेसम्म निर्माण हुन सकेको छैन । पाँचतारे होटलमा भव्य कार्यक्रम गरेर उक्त फिल्मको घोषणा गरिएको थियो ।

त्यसपछि उनी टिभी कार्यक्रमतिर सोझिएकी थिइन् । उनले टिभी श्रृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी थिइन् । ‘माग्ने राजा’मा केही दिनमा थप कलाकारसँग अनुबन्धनको तयारी रहेको निर्देशक लामिछानेले बताए ।

वास्तविक नाम पवित्रा शाँखी भएपनि मिस पबीबाट चिनिएकी उनले यसैसाता फिल्ममा साइन गरेकी हुन् । शुक्रबार सामाजिक सञ्जालबाट समेत फिल्ममा आफू जोडिएको जानकारी दिएकी छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै