अमेरिकाका राष्ट्रपति ट्रम्पको आफ्नो दोस्रो कार्यकालका लागि टिम
काठमाडौँ —अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको कमान्ड सम्हाल्न अझै डेढ महिनाभन्दा बढी समय बाँकी छ आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् । उनले दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न लागेका ट्रम्पले आफ्नो टिम भने निर्माण गरिसकेका छन् ।
केही समयअघिको एक अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही खराब र विश्वासघाती मानिसलाई स्थान दिएको र त्यो ठूलो गल्ती भएको बताएका थिए । यस अर्थमा ट्रम्पले दोस्रो कार्यकाल पहिलोभन्दा फरक ढंगले चलाउने देखिएको छ ।
हालसम्म छनोटमा परेकाहरूको पृष्ठभूमिले पनि त्यो पुष्टि गरेको छ । टिम बनाउने क्रममा पनि उनले आफ्ना समर्थक र निकट सहयोगीलाई स्थान दिएका छन् । यद्यपि यी सबै नियुक्तिको अनुमोदन माथिल्लो सदन सिनेटले गर्नुपर्नेछ ।
जेडी भान्स, उपराष्ट्रपति
ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै उनका ‘रनिङ मेट’ जेडी भान्स स्वत: उपराष्ट्रपति बनेका छन् । ४० वर्षीय भान्स अमेरिकाका तेस्रो कम उमेरका उपराष्ट्रपति हुन् । रिपब्लिकन पार्टीका तर्फबाट ओहायो राज्यका सिनेटर भान्स सांसद बनेको दुई वर्षमै ट्रम्पको विश्वासपात्रका रूपमा उपराष्ट्रपति बनेका हुन्
सन् १९८४ मा ओहायो राज्यको मिडलटाउन सहरमा जन्मिएका भान्सले २००३ मा मिडलटाउन हाईस्कुलबाट विद्यालय शिक्षा पूरा गरेका थिए । त्यसपछि अमेरिकी नौसेनामा भर्ना भएका भान्सले इराकमा समेत सेवा गरेका थिए । भान्सले ओहायो स्टेट युनिभर्सिटीबाट राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नातक अध्ययन गरेका छन् । भान्स कुनै बेला भने ट्रम्पका कटु आलोचक थिए । तर ओहायोबाट सिनेट उम्मेदवार बनेपछि भने ट्रम्पप्रति उनको दृष्टिकोण फेरिएको देखिन्छ ।
अमेरिकाका उपराष्ट्रपति माथिल्लो सदन सिनेटको अध्यक्ष हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधेयक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।

राष्ट्रपति ट्रम्पको आफ्नो टिम:-
जेडी भान्स, उपराष्ट्रपति
मार्को रुबियो : विदेश
स्कट बेसेन्ट : अर्थ
पिट हेगसेथ : रक्षा
पाम बोन्डी : महान्यायाधिवक्ता
डग बर्गम : आन्तरिक (गृह)
ब्रुक रोलिन्स : कृषि
होवार्ड लुटनिक : वाणिज्य
लोरी चाभेज–डिरिमर : श्रम
रोबर्ट अफ केनेडी : स्वास्थ्य तथा मानव सेवा
स्कट टर्नर : आवास तथा सहरी विकास
सिन डफी : यातायात
क्रिस राइट : ऊर्जा
लिन्डा म्याकमोहन : शिक्षा
डग कोलिन्स : भेटेरान्स मामिला
किस्टी नोएम : होमल्यान्ड सुरक्षा
सुजी वायल्स : चिफ अफ स्टाफ
क्यारोलाइन लेभिट : ह्वाइटहाउस प्रेस सचिव
इलन मस्क र विवेक रामास्वामी : सरकारी दक्षता
एजेन्सीहरूको सहयोगमा












