जागरण सभाबाट निस्केको फोहोर राष्ट्रिय युवासंघले उठाएको
काठमाडौं । नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा गरेको विशाल जागरण सभाबाट निस्केको फोहोर राष्ट्रिय युवा संघ नेपालले उठाएको राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामाले बताएका छन्।
उपाध्यक्ष लामाले मंसिर ७ गते गतेको जागरण सभाको फोहोर मङ्सिर ८ गते बिहान दुई ट्रक संकलन भयो भनेर प्रायोजित मिडियालाई प्रयोग गरी नेकपा एमालेलाई बदनाम गराउन खोजेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै नेकपा एमालेले अहिलेसम्म गरेका सभा र सम्मेलनको फोहर व्यवस्थापन स्वयं आफैंले गरेको बताए।
कार्यक्रम समापन भएपछि युवा संघ लगायतका साथीहरू सरसफाइमा केन्द्रित भयौं, यो हाम्रो नियमित काम हो। हामीले जति पनि सभा र सम्मेलनहरू भएका छन् त्यसको सफाइ गर्छौं, काठमाडौंमा पनि राति ११ बजे सम्म हामीले कार्यक्रम स्थल सफा गरिसकेका थियौं तर हामीलाई फोहोरसँग जोडेर विभिन्न प्रचारबाजी गर्ने काम भयो यो कुराको हामी खण्डन गर्छौं,’ लामाले भने
काठमाडौं महागरपालिकाका मेयर बालेन साह नेकपा एमालेप्रति आक्रामक हुनु एकपक्षीय रूपमा नेकपा एमालेको पछाडि लाग्नु अस्वाभाविक भएकाे बताए।
‘काठमाडौंको दरबारमार्ग र ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेको सबैलाई थाह नै छ, मंसिर ७ गते शुक्रवार दिन भएकोले चहलपहल हुन्छ र ८ गते शनिवारको दिन त्यस क्षेत्रबाट अन्य ठाउँको तुलनामा धेरै फोहोर जम्मा हुने गर्दछ। उठाउन काठमाडौं महानगरपालिका पुग्छ तर व्यवसायीले उक्त फोहोर बाहिर राख्छन्, उक्त फोहोर र मदिराका केही सिसी बोतलमा नेकपा एमालेको झन्डा राखी सुनियोजित ढङ्गले कथित युटुवर प्रयोग गरी एमालेलाई बदनाम गर्न खोजिएको प्रति नेकपा एमालेको गम्भीर आपत्ति छ,’ उनले भने।
“काठमाडौं त्यहाँ माथि पनि व्यावसायिक स्थानको फोहोर बिहानको समयमै उठाउने गरिन्छ तर दैनिक गरिने उक्त फोहोर उठाउने कार्यसँग हाम्रो पार्टीलाई जोडेर बदनाम गराउन खोज्नु खेद जनक छ, यसबाट नै महानगरको नियत प्रस्ट हुन्छ। भ्रमबाट मुक्त हुन सम्पूर्ण काठमाडौं महानगरवासी र देशभरका सचेत नागरिकहरूलाई हार्दिक अनुरोध गर्दछु। नेकपा एमाले विकास सम्मृद्धिको पक्षमा हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ। यसको उदाहरणका रूपमा दैलेखको पेट्रोलियम अन्वेषणको कार्य नै आम नेपालीहरूका लागि एउटा उदाहरण हो,’ उनले भने।












