पाकिस्तानमा पूर्व प्रधानमन्त्री खान रिहाईको माग इस्लामावादमा प्रदर्शन – Sagarmathapana:: Online News Portal

पाकिस्तानमा पूर्व प्रधानमन्त्री खान रिहाईको माग इस्लामावादमा प्रदर्शन

   २०८१ मंसिर १२ गते  

काठमाडौं –पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहाई गर्न माग गर्दै राजधानी इस्लामावादमा आज पनि प्रदर्शन भएको छ । प्रदर्शनकारी प्रवेश निषेध गरिएको रेड जोन क्षेत्र निकट पुगेपछि त्यहाँको सुरक्षा फौजले अश्रु ग्यास प्रहार गरेको हो । रेड जोनमा संसदीय भवन तथा अन्य महत्वपूर्ण सरकारी भवन रहेका छन् ।

सो प्रदर्शन खानका समर्थकहरुले सरकारलाई अन्तिम चेतावनी दिन आयोजना गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीलाई पूर्व प्रधानमन्त्री खानले आफ्नो माग पूरा नगरेसम्म राजधानीमा रहन समेत आग्रह गर्नु भएको छ । पूर्व प्रधानमन्त्री खान अहिले भ्रष्टाचारको मुद्दामा ३ वर्षको जेल सजाय काटिरहनु भएको छ ।

यद्यपी, उहाँले सो आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ । यता अधिकारीहरुले प्रदर्शन नियन्त्रण गर्न राजमार्ग, मोबाइल तथा इन्टरनेट सेवा बन्द गरेर इस्लामावादलाई लकडाउनको जस्तै अवस्थामा पु¥याएका छन् । आइतबारबाट सुरु भएको विरोध प्रदर्शनमा प्रहरीले सयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरेका छन् । प्रदर्शनमा खानको पत्नी बुस्रा बीबीसमेत सहभागी हुनु भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै