‘हाम्रो स्वाभिमान ट्रस्ट’ को तीज महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ। हिन्दु नारीहरिको महान चाड तीजको अवसरमा स्वदेश तथा विदेशमा थुप्रै कार्यक्रमहरुको आयोजना भए। हिन्दु नारीहरुले आ-आफ्नो तरिकाले तीज मनाए। यस्तै क्रममा नेपाली गोरखाली कला, संस्कृति, भाषा परम्परा र सभ्यताको संरक्षण र प्रवर्द्धनमा व्यस्त ‘हाम्रो स्वाभिमान ट्रस्ट’ले दिल्लीको कमानीमा हरितालिका तीजको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्यो । नेपाल सहित सिक्किम, आसाम, अरुणाचल, दार्जीलिङ्ग, नेपाली गोरखाली संस्कृतिको प्रेमीहरु सबै ठाउँबाट दर्शकहरु र कलाकारहरुको उपस्थिति रहयो।

विशेष गरी आमन्त्रित नेपाली कलाकार पूर्णकला बीसी, कार्यक्रमको मुख्य आकर्षण थिइन्। कार्यक्रममा थुप्रैलाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो। हाम्रो भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा राष्ट्रिय पुरस्कार प्रदान गर्नुका साथै हाम्रो स्वाभिमान ट्रस्टको मुख्य उद्देश्य भनेको देशको सर्वश्रेष्ठ नेपाली भाषा संरक्षक र नेपाली साहित्यकारहरुको उल्लेखनीय योगदानको पहिचान र सराहना गर्नु र युवाहरुलाई रचनात्मक बनाउनु हो । कार्यक्रममा निर्माता राजेन्द्र घिमिरे तथा निर्देशक समाजका महा सचिव जनकदीप पराजुलीको बिसेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रम नारायण श्रेष्ठ ट्रस्टका अध्यक्ष, ट्रस्टका महासचिव प्रेम क्षेत्री र अन्तरराष्ट्रिय संयोजक अनिता क्षेत्रिले आयोजना गरेका हुन्।












