रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न १३ दिनको म्याद थप – Sagarmathapana:: Online News Portal

रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न १३ दिनको म्याद थप

   २०८१ कार्तिक २६ गते  

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले थप १३ दिनको म्याद दिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि लामिछानेलाई कार्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।

जिल्ला अदालतले लामिछानेसहित समान कसूरमा हिरासतमा रहेका चार जनालाई अनुसन्धानका लागि आज थप १३ दिनको अनुमति दिएको हो । न्यायाधीश नवराज दाहालको इजलासले लामिछाने सहितका ४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै