चाडपर्व सकिएसँगै राजधानी फर्किनेको चापले काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड
काठमाडौँ ।चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाडेकाहरू हिजोसम्म लगभग ९० प्रतिशत दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्व सकिएसँगै फर्किन थालेका छन् । हिजो आज राजधानी फर्किनेको चापले काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा भीड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाडेकाहरू हिजोसम्म लगभग ९० प्रतिशत भित्रिसकेको छन् ।
यस वर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मान्छेले राजधानी छाडेका थिए ।













