मलद्वारमा एक किलो सुन लुकाएर तस्करी घटना बाहिर आयो – Sagarmathapana:: Online News Portal

मलद्वारमा एक किलो सुन लुकाएर तस्करी घटना बाहिर आयो

   २०८१ कार्तिक ११ गते  

काठमाडौं / एक व्यक्तिले आफ्नो मलद्वारमा एक किलो सुन लुकाएर  तस्करी गरेको अनौठो घटना जयपुर एयरपोर्टमा बाहिर आएको छ ।

जानकारीका अनुसार राजस्थानको बेवार जिल्लाको सरगाउँ गाउँका महेन्द्र खान इतिहाद एयरवेजको विमानबाट अबुधाबीबाट जयपुर पुगेका थिए । महेन्द्र खानले गोप्य भागमा लुकाएर सुन ल्याएको जानकारी भन्सार अधिकारीलाई प्राप्त भएको थियो ।

अबुधाबीबाट आएका महेन्द्र खान नामका व्यक्तिलाई भन्सार विभागले अनुसन्धानका क्रममा पक्राउ गरेको हो । भन्सार अधिकारीहरूले उनलाई अस्पताल लगे, जहाँ डाक्टरहरूले उनको मलद्वारबाट तीन टुक्रा सुन निकाले।

भन्सार अधिकारीले महेन्द्र खानलाई सोधपुछ गर्दा उनले स्थानीय प्यारामेडिकल स्टाफको सहयोगमा आफ्नो गोप्य भागमा सुन लुकाएको खुलासा गरेका थिए । महेन्द्रको मलद्वारबाट बरामद भएको सुनको तौल एक किलोभन्दा बढी थियो, जसको अनुमानित मूल्य करिब ९० लाख रुपैयाँ रहेको बताइएको छ । तस्करीको यो घटनामा महेन्द्रले विमानस्थलमा अनुसन्धानका क्रममा भाग्न सक्ने गरी शरिरमा सुनको क्याप्सुल हालेका थिए ।

विमानस्थलमा एक्स-रे स्क्यान गर्दा उनको शरीरभित्र केही क्याप्सुलजस्तो आकार देखियो । त्यसपछि अधिकारीहरुले उनलाई हिरासतमा लिएर सोधपुछ गरेका थिए । त्यसपछि भन्सार अधिकृतले महेन्द्रलाई जयपुर विमानस्थल नजिकै रहेको जयपुरिया अस्पतालमा लगे जहाँ चिकित्सकले शल्यक्रिया गरी मलद्वारबाट तीन टुक्रा सुन निकाले ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै